logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • घरजग्गा कारोबारीले न्यूनतम साढे २ देखि अधिकतम ५ प्रतिशतसम्म कमिसन लिने

    घरजग्गा कारोबारीले न्यूनतम साढे २ देखि अधिकतम ५ प्रतिशतसम्म कमिसन लिने

    260
    SHARES
    घरजग्गा कारोबारीले न्यूनतम साढे २ देखि अधिकतम ५ प्रतिशतसम्म कमिसन लिने

    काठमाण्डौ । घरजग्गा कारोबार गर्न इजाजत पत्र लिएका कम्पनीहरूले अधिकतम ५ प्रतिशतसम्म कमिसन लिने निर्णय गरेका छन्। नेपाल घरजग्गा एजेन्ट्स तथा एजेन्सिज महासंघको समन्वयमा घरजग्गा इजाजत पत्र प्राप्त कम्पनीहरुको बृहत् छलफल तथा कार्यशाला गोष्ठी भेलाले कमिसनको न्यूनतम र अधिकतम सीमा निर्धारण गरेको हो।



    घरजग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तीलाई परामर्श दिने वा सो विषयमा अन्य कुनै किसिमले व्यावसायिकरूपमा सेवा उपलब्ध गराउने कम्पनीले सेवा शुल्क वापत कारोबारको प्रकृति हेरेर, सेवा प्रदायक कम्पनीले घरजग्गा खरिदकर्ता वा बिक्रीकर्ता वा दुवैवाट न्यूनतम २.५ प्रतिशत नघट्ने गरी र अधिकतम ५ प्रतिशत नबढ्ने गरी कमिसन लिने निर्णय गरेका छन्।

    यस्तै, घरजग्गा इजाजतपत्र प्राप्त कम्पनीहरुका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा सूचक संस्थालाई जारी गरिएको निर्देशन २०८२ अनुसार सूचक संस्था अथवा घरजग्गा इजाजत पत्र प्राप्त कम्पनीहरुले घरजग्गा कारोबारका क्रममा आवश्यक पर्ने कागजात लिएर मात्रै कारोबार गराउने निर्णय गरेको छ।

    जसअनुसार सरल ग्राहक पहिचान फाराम, विस्तृत ग्राहक पहिचान फाराम, घरजग्गा विस्तृत विवरण फाराम, घरजग्गा व्यवसाय सञ्चालन कार्यविधि २०८३, घरजग्गा खरिद र ग्राहक एजेन्सी सम्झौता पत्र र घरजग्गा बिक्रीकर्ता सम्झौता पत्र तयार गरेर सोहीअनुसार घरजग्गा कारोबार गराउने निर्णय गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट