logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री

    ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री

    1.4K
    SHARES
    ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् । कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।



    उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे ।

    नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, ६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट