logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात, बासमती चामल मात्रै ६ अर्बको

    एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात, बासमती चामल मात्रै ६ अर्बको

    1.1K
    SHARES
    एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात, बासमती चामल मात्रै ६ अर्बको

    काठमाण्डौ । नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।



    भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

    उक्त खाद्यान्न आयायतबाट सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपालमा अधिकांश खाद्य वस्तु भारतबाट आयात भएको छ । भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ । गत आर्थिक वर्ष २०८०/०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ । यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ । यस्तै, साढे एक मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको विभागको तथ्याङ्क छ ।

    सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको तथ्याङ्कमा देखाइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट