logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • युनिग्लोबल छिर्‍यो नेपाल लाइफ इन्स्योरेन्स, २ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्ने

    युनिग्लोबल छिर्‍यो नेपाल लाइफ इन्स्योरेन्स, २ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्ने

    1.9K
    SHARES
    युनिग्लोबल छिर्‍यो नेपाल लाइफ इन्स्योरेन्स, २ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्ने

    काठमाण्डौ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले युनिग्लोबल ग्रुप अफ कम्पनी (शैक्षिक संस्थामा) लगानी हाल्ने भएको छ ।



    कम्पनीले युनिग्लोबलको छाता संस्था प्रोफेसनल एजुकेशनस् लि.मा ३५.३२ प्रतिशत सेयर स्वामित्व रहने गरी ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ र युनिग्लोबल हाइयर सेक्टरी स्कुल काठमाडौँ लि. मा ४७.६२ प्रतिशत सेयर स्वामित्व रहने गरी १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिद गर्ने भएको हो ।

    योसँगै दुई संस्थामा गरी नेपाल लाइफ इन्स्योरेन्सले कूल २ अर्ब ७ करोड ४५ लाख ७९ हजार २ सय रुपैयाँ बराबरको लगानी गर्ने भएको छ । युनिग्लोबल समूहमा लगानी गर्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै साउन ६ गते बसेको कम्पनी सञ्चालक समितिको ३८२ औँ बैठकले लगानीका लागि सहमति जुटाएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

    यता तीव्र लगानी विस्तार गरेको युनिग्लोबल ग्रुपले थप शैक्षिक गुणस्तर र सेवा विस्तारका लागि आईपीओमा जाने तयारी समेत रहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट