काठमाण्डाै । समृद्धि फाइनान्सका ग्राहकहरुले सुबिशुको इन्टरनेटमा छुट पाउने भएका छन्। आज फाइनान्स कम्पनी र सुबिशु केबल नेटबीच छुट सम्झौता भएको हो ।
समझदारीपत्रअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिशुको नयाँ जडानमा विभिन्न छुट पाउनेछन् । ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ। यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास लिएको फाइनान्सले जनाएको छ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
अर्थ चाैतारी ।