logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • बीमा प्राधिकरण मधेश प्रदेशद्वारा मिथिला नगरपालिकामा बीमासम्बन्धी सचेतना कार्यक्रम

    बीमा प्राधिकरण मधेश प्रदेशद्वारा मिथिला नगरपालिकामा बीमासम्बन्धी सचेतना कार्यक्रम

    1.4K
    SHARES
    बीमा प्राधिकरण मधेश प्रदेशद्वारा मिथिला नगरपालिकामा बीमासम्बन्धी सचेतना कार्यक्रम

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय र मिथिला नगरपालिकाको सहकार्यमा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका कार्यालय प्रमुखले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो सहभागी थिए ।



    कार्यक्रममा सहभागीले कृषी बीमा, दुर्घटना बीमा, घर बीमा, पशु बीमा, र स्वास्थ्य बीमासँग सम्बन्धित विभिन्न प्रश्नहरू उठाएका थिए। बीमा योजनाहरूबारे चासो राख्दै सहभागीहरूले विशेष गरी बीमाका प्रक्रियाहरू, दाबी गर्दा आइपर्ने समस्या, र बीमाको पहुँचको बारेमा जिज्ञासा राखे। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बीमाको महत्व र यसले प्रदान गर्ने सुरक्षाको महत्त्वलाई प्रकाश पारेका हुन् ।

    कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू, नगरपालिका कर्मचारी, कृषक, व्यवसायी र वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। उपस्थित जनसमुदायले बीमाको महत्त्वबारे जानकारी हासिल गर्दै यसले कसरी उनीहरूको जीवन र व्यवसायलाई सुरक्षित बनाउन सक्छ भन्ने बारेमा छलफल गरे।

    कार्यक्रमको समापनमा सभाध्यक्षले सहभागीहरूको प्रश्नहरूको जवाफ दिँदै, बीमा प्रणालीलाई प्रभावकारी बनाउन र स्थानीयस्तरमा बीमाको पहुँच वृद्धि गर्न प्राधिकरण सदैव मिथिला नगरपालिकासँग समन्वय गर्न तयार रहेको बताए ।


    अर्थ चौतारी
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved