logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाइन्सबीच छुट सम्झौता

    मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाइन्सबीच छुट सम्झौता

    1.8K
    SHARES
    मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाइन्सबीच छुट सम्झौता

    काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेड र बुद्ध एयरलाइन्सबीच टिकट खरिदमा छुट दिने सहमति भएको छ। मञ्जुश्री फाईनान्स लिमिटेड र बुद्ध एयरलाइन्सबीच मञ्जुश्री फाईनान्सका कर्मचारीहरू र ग्राहकहरुलाई बुद्ध एयरलाइन्सको टिकट खरिद गर्दा ८ प्रतिशत सम्म छुट दिने सहमति भएको हो।



    यस सहमति मार्फत मञ्जुश्री फाईनान्सले आफ्नो कर्मचारीहरु र ग्राहकहरुलाई सहज टिकट बुकिङको सुविधा प्रदान गर्नेछ। छुटसम्बन्धी समझदारीमा मन्जुश्री फाईनान्सको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश खत्री तथा बुद्ध एयरलाइन्सको तर्फबाट मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

    यो छूटको लाभ लिने ग्राहकवर्ग तथा कर्मचारीले बुद्ध एयरलाइन्सको सम्बन्धित काउन्टरमा गई आफ्नो मोबाइल बैंकिंग एप अथवा एटिएम मार्फत भुक्तानी गर्नुपर्ने छ र हालको लागि अनलाइन बुकिङ सेवा उपलब्ध भएको छैन ।

    यस सहमतिले हवाई यात्रा गर्न चाहने मञ्जुश्री फाईनान्सका ग्राहकहरु तथा कर्मचारीहरुलाई थप सहजता र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। मञ्जुश्री फाईनान्स आफ्नो ग्राहकहरुको सन्तुष्टिलाई केन्द्रमा राख्दै यस प्रकारका सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।

    मन्जुश्री फाइनान्सले आफ्ना २७ वटा शाखा मार्फत फाइनान्स सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा फ़ाइननसले कुल २१ अर्ब निक्षेप संकलन गरि करीब १७ अर्ब कर्जा प्रबाह गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट