logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • लगातार कीर्तिमान बनाउदैँ सुनको मूल्यः तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो

    लगातार कीर्तिमान बनाउदैँ सुनको मूल्यः तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो

    754
    SHARES
    लगातार कीर्तिमान बनाउदैँ सुनको मूल्यः तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो

    काठमाण्डौ । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।

    यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट