logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

    सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

    1.5K
    SHARES
    सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

    काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । उनी शुक्रबार (आज) लुकी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघले जनाएको छ ।



     

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ । सोही प्रतियोगितामा सहभागी हुन लामिछाने अमेरिका जान लागेका हुन् ।

    यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन, जतिबेला उनीमाथि बलात्कारको मुद्दा अदालतमा चलिरहेको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि अमेरिकाले उनलाई भिसा दिएको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट