logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • धितोपत्र बोर्डले वर्ल्ड इन्भेस्टर विक –२०२४’ मनाउने

    धितोपत्र बोर्डले वर्ल्ड इन्भेस्टर विक –२०२४’ मनाउने

    2.2K
    SHARES
    धितोपत्र बोर्डले वर्ल्ड इन्भेस्टर विक –२०२४’ मनाउने

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकहप्ते ‘वर्ल्ड इन्भेस्टर विक–२०२४’ मनाउने भएको छ।



    धितोपत्र बोर्डले कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्म वर्ल्ड इनभेस्टर विक मनाउन लागेको हो। सप्ताहव्यापी यो कार्यक्रम धितोपत्र बोर्डले विभिन्न गतिविधि सञ्चालन गर्नेछ।

    धितोपत्र बोर्डले नेपाल उद्योग वाणिज्य महासंघका साथै शेयर बजारमा प्रत्यक्ष रुपमा संकलग्न नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी ९ब्रोकर०, स्टक डिलर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ कम्पनीहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्नेछ।

    विश्वभर मनाइने यो कार्यक्रमको आठौँ संस्करण हो। यस कार्यक्रममार्फत विशेषगरी लगानी, प्रविधि र डिजिटल फाइनान्स बढावा दिने तथा शेयर बजारमा हुने धोकाधडी र जालसाझीलाई नियन्त्रण गर्नेजस्ता उद्देश्य राखिएको छ।

    धितोपत्र बोर्डले पनि यिनै पक्षबारे जनचेतना फैलाउन साप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट