काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘बिज चित्र’ नामक दोस्रो सिजनको फोटोग्राफी प्रतियोगिता घोषणा गरेको छ । बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका स्थानीय दिगो व्यवसायहरूलाई केन्द्रबिन्दुमा राखेर तस्बीरहरू प्रतिस्पर्धामा सहभागी गराउन सकिनेछ।
प्रतियोगितामा भाग लिई आकर्षक नगद पुरस्कार जित्ने मौका पाउन सकिन्छ। यो प्रतियोगिता कार्तिक १४ सम्म चल्नेछ। सहभागीहरूले आफ्नो तस्बीरहरू इमेलमार्फत mlbibizzchitra@gmail.com मा पठाउन सक्नेछन् वा WhatsApp नम्बर 9802341559 मा समेत पठाउन सकिनेछ।
प्रतियोगिताका विजेताहरूलाई निम्न पुरस्कार प्रदान गरिनेछस्
(प्रथम पुरस्कारः रु २०,०००
(द्वितीय पुरस्कारः रु १५,०००
(तृतीय पुरस्कारः रु १०,०००
(सार्वजनिक छनौट पुरस्कारः रु ५,०००
यस प्रतियोगिताले नेपालका स्थानीय व्यवसायहरूको दिगोपन र उनीहरूको योगदानलाई समाजमा उजागर गर्दै नयाँ प्रतिभालाई प्रेरित गर्ने लक्ष्य लिएको छ।
अर्थ चाैतारी ।