logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज, मन्त्री दाहालले गरे जडानमा खटिने जनशक्तिलाई सम्मान

    सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज, मन्त्री दाहालले गरे जडानमा खटिने जनशक्तिलाई सम्मान

    1.4K
    SHARES
    सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज, मन्त्री दाहालले गरे जडानमा खटिने जनशक्तिलाई सम्मान

    काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् ।



    गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा द्रूतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई एक समारोहबीच मन्त्री दाहालले सम्मान गरेका हुन् ।

     

    आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्काेट पुगेका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

     

    सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो । बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएकामा आजदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ ।

     

    बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो । सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट