logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एनएमबि बैंकको नाफा १९ प्रतिशतले वृद्धि

    एनएमबि बैंकको नाफा १९ प्रतिशतले वृद्धि

    923
    SHARES
    एनएमबि बैंकको नाफा १९ प्रतिशतले वृद्धि

    काठमाण्डौ । एनएमबि बैंकको नाफा १९ प्रतिशत वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



    चालु आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १८.९४ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्ममा बैंकले ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १०.१० प्रतिशत घटेको देखिन्छ । गत आवमा २ अर्ब २३ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकको यस्तो आम्दानी घटेर १ अर्ब ९९ करोड ७९ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

    खुद ब्याज घटेपनि बैंकको संचालन नाफा भने २६.५४ प्रतिशत बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ७४ करोड ८६ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । यता, खुद संचालन नाफा पनि १७.९९ प्रतिशत बढेर २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।

    बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ६७ लाख रुपैयाँ देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ३.९७ रुपैयाँ वृद्धि भई २४.९५ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १६४.९५ रुपैयाँ छ । बैंकको खराब कर्जा पनि ०.७९ प्रतिशत वृद्धि भई ३.६३ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा १० अर्ब ८६ करोड ३० लाख रुपैयाँ राखेको छ ।

    समिक्षा अवधिमा बैंकको व्यवसायमा पनि सकरात्मक सुधार देखिएको छ । बैंकको निक्षेप १०.१० प्रतिशत वृद्धि भई २ खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि ६.१९ प्रतिशत वृद्धि भई २ खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट