logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • महालक्ष्मी विकास बैंकको नाफा साढे ९ करोड

    महालक्ष्मी विकास बैंकको नाफा साढे ९ करोड

    1.5K
    SHARES
    महालक्ष्मी विकास बैंकको नाफा साढे ९ करोड

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकले साढे ९ करोड खुद नाफा कमाएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



    समिक्षा अवधिमा बैंकले ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।तर, गत आवको पहिलो त्रैमासको तुलनामा भने बैंकको नाफा सामान्य (१.१४ प्रतिशत) घटेको छ । गत आवको सोही अवधिमा पनि बैंकले ९ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

    तर, बैंकको खुद ब्याज आम्दानी भने ९.५१ प्रतिशत बढेर ४८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आवको असोज मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ४४ करोड १२ लाख २५ हजार रुपैयाँ मात्रै थियो ।

    यता, बैंकको संचालन नाफा भने २.५५ प्रतिशत गिरावट देखिएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा १३ करोड ९२ लाख ६६ हजार रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा घटेर १३ करोड ५७ लाख १३ हजार रुपैयाँ कायम भएको छ । बैंकको खुद संचालन नाफा भने सामान्य बढेर ३९ करोड ८० लाख ६९ हजार रुपैयाँ कायम भएको छ ।

    समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने २१ करोड ४१ लाख ९० हजार रुपैयाँ रहेको छ । हाल बैंकको खराब कर्जा ४.९० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९.०४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.४८ रुपैयाँ रहेको छ ।

    हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ । बैंकले जेगडा कोषमा भने २ अर्ब ४३ करोड ३६ लाख २३ हजार रुपैयाँ राखेको छ । सो अवधिमा आइपुग्दा बैंकले ५२ अर्ब ५५ करोड ३७ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरि ४० अर्ब ९३ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट