logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नियम उल्लंघन गर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

    नियम उल्लंघन गर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

    1.5K
    SHARES
    नियम उल्लंघन गर्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियम उल्लंघनका कारण कारवाही गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराइएको हो।



    राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्ने र सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको देखिएपछि कारवाहीस्वरूप सचेत गराएको छ। यो कारवाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत दफा १०० को उपदफा ९१० ९क० को आधारमा गरिएको हो।

    त्यस्तै, प्रभु बैंकलाई लकर रोक्का राख्नका लागि दिइएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सोही ऐनको दफा अनुसार सचेत गराएको छ। बैंकहरूले नियम उल्लंघन गरेमा राष्ट्र बैंकले कारवाही गर्ने अधिकार राखेको छ, र यस प्रकारको कारवाहीले बैंकिङ प्रणालीमा अनुशासन कायम गर्ने प्रयास भएको राष्ट्र बैंकको भनाइ छ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट