logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सिनेमा हलमा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने

    सिनेमा हलमा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने

    1.3K
    SHARES
    सिनेमा हलमा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने

    काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हलभित्र खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल एमआरपी (अधिकतम् खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ ।



    विभागले विज्ञप्ति जारी गर्र्दै देशभरका सिनेमा हलमा पानीको बोटललगायत अन्य पेय पदार्थ तथा प्याकेटको वस्तु एमआरपीमै बेच्नुपर्ने जनाएको हो । यो निर्णय गर्नुअघि नेपाल चलचित्र संघसँग छलफल गरिएको विभागका प्रवक्ता डिकबहादुर कार्कीले जानकारी दिए ।

    विभागले प्याकेट वा बोटलमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइए कानुन बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट