logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1.2K
    SHARES
    स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज ९कात्तिक ८ गते० अन्तिम दिन हो । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्देछ । तसर्थ आजसम्म कायम शेयरधनीमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।



    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते शुक्रबार बिहान ११ बजे लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा तेइसौं वार्षिक साधारणसभा बोलाएको छ ।

    साथै सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, एक जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर प्रक्रियामा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पारितका लागि पेश गरिनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट