logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ जारी गर्ने

    मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ जारी गर्ने

    1.4K
    SHARES
    मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ जारी गर्ने

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेकाे छ ।मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्न स्वीकृति दिएकाे हाे ।



    मुक्तिनाथ विकास बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हाे ।

    नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ कात्तिक ७ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँकाे दरको १० करोड इकाईले हुन आउने कुल १ अर्ब रकम बराबरको निष्कासन गर्नका लागि स्वीकृति प्रदान गरेको हो । कुल योजनाको आकारमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्कासन गरिनेछ ।

    १० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी (क्लाेज इन्ड) योजना रहेको छ । इकाईधनीहरूबाट संकलित रकम प्रचलित कानुनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचीकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरूमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ ।

    योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरूलाई दक्ष लगानी सेवाद्वारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामूहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुर्‍याउने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको हो । निष्कासनसम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गरी यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।

    साथै, कोष प्रवद्र्घक मुक्तिनाथ विकास बैंक लिमिटेडले केयर एनपी थ्रि बी (आईएस)को रेटिङ पाएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आईआरएन एएमसी क्वालिटी थ्रीको रेटिङ पाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट