logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न

    बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न

    2.4K
    SHARES
    बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आ।ब। २०७९–२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।



    सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा रामजी गौतम र बौद्धराज अर्याल रहेका छन् ।

    सभामा संस्थाको शेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको शेयर प्रतिशत संशोधन, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।

    यस वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

    साथै वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ


    अर्थ चाैतारी
  • शुक्रबार, १६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट