logo

२०८२ असार १७ मंगलबार

logo
  • मंगलबार, १७ असार २०८२
  • शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

    शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

    975
    SHARES
    शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०/५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडी बढाइएको छ ।



    आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भइरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुरा भई दुई सय २५ घनमिटरको टङ्की निर्माण अन्तिम चरणमा पुगेको छ ।

    डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुरा भई रङ रोगन,विद्युत् जडानको कार्य भइरहेको छ । उपभोक्ताको घर घर सम्म खानेपानी पुर्‍याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए । एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन बिछ्याउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाइन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ ।

    वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ ।रासस


    अर्थ चौतारी
  • शनिबार, १७ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved