logo

२०८२ असार १७ मंगलबार

logo
  • मंगलबार, १७ असार २०८२
  • आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

    आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

    884
    SHARES
    आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

    काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।



    यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ ।

    जसअनुसार प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सिमित अवधिको लागि आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु.१००० क्यासब्याक पनि प्राप्त गर्न सकिने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।


    अर्थ चौतारी
  • शनिबार, ८ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved