काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार सेयरबजार ४१ अंकले बढेर बन्द भएको छ।
यो दिन लघुवित्तले बजारलाई उचाल्दा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो। आज ४१.४३ अंकले नेप्से बढेर २६६३.३० अंकमा पुगेर बन्द हुँदा लगानीकर्ताले ५ अर्ब २२ करोड रुपैयाँको कारोबार गरेका हुन्।
बुधबार ३९ अंकले नेप्से बढ्दा लगानीकर्ताले ४ अर्बको २० करोडको कारोबार गरेकोमा बिहीबार करिब एक अर्ब बढीको कारोबार गरेका हुन्।
बजार खुलेबाटै क्रमश बढ्न थालेपछि आज सबै समूहको उपसूचक बढेका छन्। जसमा व्यापार समूहको उपसूचक ६.९ प्रतिशतले बढ्दा लघुवित्त २.२२ प्रतिशत र लगानी समूहको सूचक २.२० प्रतिशतले बढेको हो।
कम्पनीगत रुपमा भने आज कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयरमूल्य बढ्दा १६ वटा कम्पनीको घटेको छ। जसमा गुराँस लघुवित्त वित्तीय संस्था ९.९६ प्रतिशतले मूल्य बढेर अगाडि छ भने र्सिजनशिल लघुवित्त ९.९६ प्रतिशतका साथ सर्वाधिक कमाउनेमा दोस्रो स्थानमा छ।
आज कारोबारमा आएको म्युचुअल फण्डहरु सर्बाधिक घट्नेमा अगाडि छन्। यस्तै कारोबारका आधारमा भने आज पनि दुई पुनर्बिमा कम्पनी अगाडि छ्न। यी कम्पनीको कारोबार क्रमशः ५१ करोड र ७२ करोडको कारोबार भएको हो।
अर्थ चाैतारी ।