logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    858
    SHARES
    स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।



     

    सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस शेयर ५ प्रतिशत र कर प्रयोजनार्थ ०.२५३२ प्रतिशत नगद लाभांश छन्।

     

    सभाले बोनस शेयर वितरणपछि संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायहरुबाट आवश्यक निर्देशन भएमा सोहीबमोजिम गर्ने गराउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

     

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। रिक्त सञ्चालक पदमा मनोनयन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

     

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १० गतेसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, २६ चैत्र २०८१
  • सम्बन्धित समाचार