काठमाण्डौ । सेयर बजारको बढोत्तरी एक दिन पनि टिक्न सकेन् । बुधवार दोहोरो अंकले वृद्धि भएको बजार आज पुनः ओरालो लागेको छ । सातको अन्तिम कारोबार दिन बजार ८.६० अंक घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६६७.६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज हाइड्रोपावर, माइक्रो फाइनान्स र म्युचुअल फन्ड समूह वृद्धि भएको छ। यस बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।
उक्त दिन ११३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको भने १३१ वटाको घटेको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि वृद्धि भएको छ । आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज राधनी विद्यूतको सर्वाधिक सेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन १३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार बोतलर्स नेपाल (बालाजु)सहित १३१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।
आज बोतलर्स नेपाल ( बालाजु), हिमालयन पावर, सयपत्री हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, न्यादी हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् । दुई लघुबीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर भाउ ९.९८ प्रतिशत वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर भाउ प्रतिकित्ता ३६.५० रुपैयाँ बढेर ४०२२.२० रुपैयाँ कायम भएको छ ।
यता, क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ३०.२० रुपैयाँ बढेको छ ।योसँगै आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ३३२.७० रुपैयाँ कायम भएको छ । आज मेन्छियाम हाइड्रोपावर, ङादी ग्रुप पावर, राधी विद्युत लगायतका लगानीकर्ताले कमाएका छन् । उक्त दिन ११३ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ।
अर्थ चाैतारी ।