logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • वर्षकाे अन्तिम काराेबार दिन सेयर बजारमा गिरावट कायमै, कारोबार रकममा भने बढोत्तरी

    वर्षकाे अन्तिम काराेबार दिन सेयर बजारमा गिरावट कायमै, कारोबार रकममा भने बढोत्तरी

    1.1K
    SHARES
    वर्षकाे अन्तिम काराेबार दिन सेयर बजारमा गिरावट कायमै, कारोबार रकममा भने बढोत्तरी

    काठमाण्डौ । साताको पहिलो कारोबार दिन तथा वर्षकाे अन्तिम काराेबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ८.९२ अंकले घटेको हो । गत बिहीबार पनि ८.६० अंक घटेको थियो । आइतार बजार परिसूचक २ हजार ६६१.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।



     

    आज होटेल तथा पर्यटन समूह १७.०९ अंक, लगानी समूह २.०१ अंक, निर्जीवन बीमा ३७.३७ अंक र म्युचुअल फन्ड ०.०५ अंक वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् । आज कारोबार रकम भने केही बढेको छ । आज ६ अर्ब २३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

     

    आज सीइडीबी होल्डिङको सर्वाधिक ४५ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, राधी विद्युतको ४३ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्स ३९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आइतबार कम्पनीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०.२० रुपैयाँ वृद्धि भई ४४२.४० रुपैयाँ कायम भएको छ । साताको पहिलो कारोबार दिन क्रेष्ट माइक्रो लाइफको सेयर भाउ पनि ९.९८ प्रतिशत अर्थात् ३३.२० रुपैयाँ बढेर ३६५.९० रुपैयाँ पुगेको छ।

     

    आज यी दुई कम्पनीसहित त्रिशुली जलविद्युत कम्पनी, एनआइबिएल स्टेबल फन्ड, राधी विद्युत लगायतका लगानीकर्ताले कमाएका छन् । आज ८८ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ। आज विन नेपाल लघुवित्तको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ३४७.४२ रुपैयाँ बढेर ३ हजार १२६.७० रुपैयाँ कायम भएको छ । यस्तै, आज सिन्धु विकास बैंक ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता १२० रुपैयाँ बढेर १ हजार ८० रुपैयाँ कायम भएको छ।

     

    यता, बलेफी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशत घटेर २५५.२० रुपैयाँ कायम भएको छ । आज गार्डियन माइक्रो लाइफ, सप्तकोशी डेभलपमेन्ट लगायत १५७ कम्पनीको सेयर मूल्य घटेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ३० चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट