logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्से फेरि २७०० माथि, साताकाे अन्तिम काराेबार दिन २६.४९ अंकले बढ्याे

    नेप्से फेरि २७०० माथि, साताकाे अन्तिम काराेबार दिन २६.४९ अंकले बढ्याे

    1.9K
    SHARES
    नेप्से फेरि २७०० माथि, साताकाे अन्तिम काराेबार दिन २६.४९ अंकले बढ्याे

    काठमाण्डौ । आज साताको अन्तिम दिन पनि शेयर बजार बढेर बन्द भएको छ । बजार फेरि २७०० माथि उक्लिएको छ । आजको बजारलाई हेर्दा लगानीकर्तामा भने केही आशा पलाएको देखाएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ४९ अंकले बढेर २,७२२ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

    आज ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनकिो १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भउको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

     

    आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट