logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ३२ अंकले घट्दै नेप्से २६५५ विन्दुमा, अधिकांश सूचक राताम्य

    ३२ अंकले घट्दै नेप्से २६५५ विन्दुमा, अधिकांश सूचक राताम्य

    702
    SHARES
    ३२ अंकले घट्दै नेप्से २६५५ विन्दुमा, अधिकांश सूचक राताम्य

    काठमाण्डाै । लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा रोकिएको छ ।



     

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से ९.९६ अंकले, सोमबार ७.७५ अंलके र आइतबार १६.६८ अंकले घटेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार बढेको थियो । बुधबार नेप्सेमा कुल ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा ७ अर्ब ९२ करोड, सोमबार ८ अर्ब ५० करोड र आइतबार ८ अर्ब १२ करोडको कारोबार भएको थियो ।

     

    बुधबार कारोबारमा आएकामध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

     

    आज पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । बैंकको सेयर मूल्य १० प्रतिशत घटेको हो । आज बैंकको सेयर भाउ प्रतिकित्ता २४७.१० रुपैयाँ घटेर २ हजार २२४.८० रुपैयाँ कायम भएको छ । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य पनि ५.५९ प्रतिशत, नेपाल हाइड्रोको ५.३८ प्रतिशत र सिन्धु विकास बैंकको ५.०४ प्रतिशत घटेको छ । आज यीसहित २१७ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

     

    दुई लघुबीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बुधवार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको हो । आज नेपाल माइक्रोको सेयर भाउ ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ७८.३० रुपैयाँ बढेर ८६१.७० रुपैयाँ कायम भएको छ । यता, क्रेष्ट माइक्रो लाइफको पनि ९.९९ प्रतिशत अर्थात् ६४.७० रुपैयाँ बढेर ७१२.४० रुपैयाँ कायम भएको छ। आज यी दुईसहित २८ वटा कम्पनीको मात्रै सेयर मूल्य वृद्धि भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट