logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा ८ अर्बको कारोबार, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट

    सेयर बजारमा ८ अर्बको कारोबार, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट

    559
    SHARES
    सेयर बजारमा ८ अर्बको कारोबार, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट

    काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले घटेर २६४७ बिन्दुमा झरेको हो ।



     

    आजको कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ। कुल ३२७ कम्पनीका २ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

     

    कम्पनीहरू मध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको मात्रै ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको ४५ करोड, युनिर्भसल पावरको ३८ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको ३५ करोड र सानीमा माइ हाइड्रोपावरको ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

     

    यद्यपि बजार ओरालो लाग्दा पनि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रोकाे सेयर मूल्य आज १० प्रतिशतले बढेकाे छ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट