logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजारमा ९ अर्बको कारोबार, १०७ कम्पनीको मूल्य बढ्यो

    सेयर बजारमा ९ अर्बको कारोबार, १०७ कम्पनीको मूल्य बढ्यो

    663
    SHARES
    सेयर बजारमा ९ अर्बको कारोबार, १०७ कम्पनीको मूल्य बढ्यो

    काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२३ बिन्दुमा झरेको हो ।



     

    आज ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

     

    बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै, न्यादी ग्रुपको ५२ करोड, सानीमा माइ हाइड्रोको ५० करोड, अरुण भ्याली हाइड्रोको ४२ करोड, र हिमालयन पावरको ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

     

    आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आज अधिकांश सूचक ओरालो लागेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेका छन् ।

     

    साथै, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेका छन् । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६१ अंकले घटेर २,६२६ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

     

    आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट