logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ५ दिनको गिरावटपछि नेप्सेमा सुधार, ८ अर्ब ७४ करोडको कारोबार

    ५ दिनको गिरावटपछि नेप्सेमा सुधार, ८ अर्ब ७४ करोडको कारोबार

    572
    SHARES
    ५ दिनको गिरावटपछि नेप्सेमा सुधार, ८ अर्ब ७४ करोडको कारोबार

    काठमाण्डौ । पाँच कारोबार दिनपछि सेयरबजारमा हरियाली छाएको छ। न्यून अंकका वृद्धिले भएपनि पाँच दिन पछि सेयरबजाले हरियो हुने मौका पाएको हो। वैशाख १५ गतेदेखि निरन्तर घटेको नेप्सेले मंगलबार (आज) २६०८ अंकमा टेवा पाएको हो।



    मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ। यो दिन सूचकले २६०८ अंकमा सर्पोट पाएको हो। नेप्सेमा सामान्य वृद्धि देखिएपनि आज लगानीकर्ताले गर्ने कारोबारमा भने करिब एक अर्बको सुधार देखिएको छ। सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार गरेका लगानीकर्ताले मंगलबार ८ अर्ब ५६ करोडको कारोबार गरेका हुन्।

     

    सूचकसँगै कारोबारमा सामन्य सुधार देखिएपछि बजारमा १२० कम्पनीको सेयरमूल्य बढेको छ। जसमा भर्खरै सूचिकृत भएका कम्पनीहरु सर्किट लेबलमा छन् भने अन्य कम्पनीको मूल्यमा सामान्यमात्रैको वृद्धि देखिएको छ।

    आज नेपाल माइक्रोफाइनान्स, क्रेष्ट माइक्रोफाइनान्स, ओम मेगाश्री फर्माको मूल्यमा सकारात्मक सर्किट लागदा रिडी पावर कम्पनी ९.६० प्रतिशत र बुटवल पावर कम्पनी ७.१९ प्रतिशतको वृद्धि सहित सर्वाधिक कमाउनेको चौथो र पाँचौ स्थानमा छन्।

    यस्तै आजको बजारमा १२६ वटा कम्पनीको सेयरमूल्य घटेका छन्। जसमा वीन लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने हिमालयन पावर र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ५ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन्।

    दिनभरको उतारचढावले बजार प्रति आशा जगाएपनि अन्तिम समयमा भने अपेक्षित रुपमा नेप्से बढ्ने सकेन। यद्यपी कारोबारमा लगानीकर्ता बढेपछि यसले कारोबार रकम भने बढाएको छ।

    यो दिन लगानीकर्ताले सानिमा माइ हाइड्रोको सबैभन्दा धेरै कारोबार गरे। यो कम्पनीको आज ९२ करोड रुपैयाँको काराबोर भएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, २२ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट