logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार

    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार

    637
    SHARES
    शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार

    काठमाण्डौ । सेयर बजार मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । आज बजार बजार परिसूचक १४.१२ अङ्क घटेको हो । योसँगै २६३४.८६ अङ्कमा कायम भएको छ । आज बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



     

    बजारमा आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज दुई वटा कम्पनीहरू क्रेट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।

     

    क्षेत्रगत रूपमा जीवन बीमा, विकास बैङ्क र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढ्दा अरू सूचक घट्का छन् । सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

     

    आज बजारमा युनिभर्सल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् । कारोबार भएको शेयर सङ्ख्यामा पनि युनिभर्सल पावर नै अगाडि रहँदा कारोबार सङ्ख्यामा भने नेपाल माइक्रो इन्स्योरेन्स अगाडि रहेको देखिन्छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट