logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु, प्रयोगकर्ताबाट सुझाव संकलन

    फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु, प्रयोगकर्ताबाट सुझाव संकलन

    754
    SHARES
    फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु, प्रयोगकर्ताबाट सुझाव संकलन

    काठमाण्डौ । सहकारी संस्थाहरूबीच लोकप्रिय रहेको फिनएक्स सहकारी सफ्टवेयरले प्रयोगकर्ताको राय सुझाव संकलन तथा नयाँ सुविधाबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु गरेको छ । सफ्टवेयर निर्माता कम्पनी जिनव इंक प्रालिको आयोजनामा ‘क्लाइन्ट मिट’ कार्यक्रम चितवनबाट सुरु भएको हो । चितवनको मिड टाउन होटलमा आयोजित कार्यक्रममा जिल्लाभित्र फिनेक्स सफ्टवेयर प्रयोगकर्ता सहकारी संस्थाका संचालक र उच्च व्यवस्थापकको सहभागिता रहेको थियो ।



     

    ‘फिनएक्स सहकारी सफ्टवेयर’ मा हाल २० वटा मोड्युलहरू उपलब्ध छन् । कार्यक्रममा प्रयोगकर्ताबाट नयाँ मोड्युलहरूका लागि सुझावहरू संकलन गरिएको थियो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीले गर्नु फिनएक्सले हाल प्रदान गर्दै आएका सेवा र थप गर्न लागिएका सुविधाबारे जानकारी गराइन् । यसैगरी प्रशिक्षकद्धय अतुल झा र किरण पौडेलले फिनएक्स सफ्टवेयरमा उपलब्ध लोन तथा डक्कुमेन्ट प्रोसेसिङ मोड्युल, लोन फलोअप मोड्युल, नो योर मेम्बर (केवाईएम) मोड्युल, कोपोमिस र गोएमएम रिपोटिङ मोड्युलबारे प्रशिक्षण प्रदान गरे ।

     

    जिनव इंन्कले फिनएक्स सहकारी सफ्टवेयरलाई ‘एक सम्पूर्ण सहकारी प्रविधि इकोसिस्टम’ का रुपमा विकास गर्दै आएको छ । सफ्टवेयर प्रयोगकर्तालाई अन्य तेस्रो पक्षको सेवा संचालन गर्नु नपर्ने गरी सहकारीका ऐन कानुन अनुसार सहकारी संस्थाको दैनिक कामका साथै नियामक निकायमा गर्ने रिपोर्टिङलाई सहज बनाउने उद्देश्यले सेवाहरु विकास गरिएको छ ।

     

     

    कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लीकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि-२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचीकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् । यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् ।

     

    संस्थाले चालु आर्थिक वर्षभित्र उर्लाबारी, इटहरी, सुर्खेत, दाङ, बुटवललगायतका स्थानहरूमा पनि यस्तो कार्यक्रम गर्ने जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट