logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • एकसाथ ६ वटा सहकारी समस्याग्रस्त घोषणा, पैसा फिर्ता पाउनु पर्नेलाई सम्पर्क गर्न आग्रह

    एकसाथ ६ वटा सहकारी समस्याग्रस्त घोषणा, पैसा फिर्ता पाउनु पर्नेलाई सम्पर्क गर्न आग्रह

    741
    SHARES
    एकसाथ ६ वटा सहकारी समस्याग्रस्त घोषणा, पैसा फिर्ता पाउनु पर्नेलाई सम्पर्क गर्न आग्रह

    काठमाण्डाै । एकसाथ ६ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत चैत्र १९ गतेको मन्त्रीस्तर निर्णयानुसार यी सहकरी समस्याग्रस्त घोषणा भएका हुन् ।



     

    समस्याग्रस्त घोषणा हुनेमा आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयाँ बजार, काठमाण्डौका र सम्बद्ध (तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था, र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था) रहेका छन् ।

     

    यी सहकारी संस्थाहरुलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको हो । अब सोहि ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई पत्राचार गरेको छ।

     

    समितिले सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको समितिको वेवसाइट www.coopme.gov.np मा गई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्न आग्रह गरेको छ । विस्तृत जानकारीको लागि समितिको वेबसाइट www.coopme.gov.np हेर्न तथा कार्यालय समयमा फोन नं. ०१-४७७१९९९ मा सम्पर्क गर्न पनि समितिले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ४ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट