स्थापनाको १८ वसन्त पार गरेको सिटिजन्स इन्टरनेश्नल बैंक आफैमा एक इतिहास बोकेको बैंक हो । कोरोना कालमा नेपाली बैंकिङ क्षेत्रमा आएको डिजिटाइजेशनले बैंक तथा वित्तीय क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । कोरोना काल पछि अर्थतन्त्र निरन्तर सुधारोन्मुख अवस्थामा छ। यस सँगै वित्तीय क्षेत्रमा व्यापक सुविधाहरू थपिँदै गएका छन् । त्यसैमा सिटिजन्स बैंकले आफ्नो स्थापनाको १७ वार्षिकोत्सव अवसरमा फोन पे सँगको सहकार्यमा नेपालमा पहिलो पटक नै भर्चुअल क्रेडिट कार्ड को शुभारम्भ गरेको थियो । बैंकको भर्चुअल क्रेडिट कार्ड शुभारम्भ गरेको एक वर्ष बढी बितिसकेको छ । यो अवधिमा बैंकको भर्चुअल क्रेडिट कार्ड प्रयोग कर्ताको धेरै छन् । बैंकले नेपालमा पहिलो पटक भित्र्याएको भर्चुअल क्रेडिट कार्ड का बारेमा अर्थचाैतारीले बैंकको क्रेडिट कार्ड एकाइ प्रमुख समिर अधिकारीसँग गरेकाे कुराकानीको सम्पादित अंश…..
भर्चुअल क्रेडिट कार्ड भनेको के हो ? फिजिकल क्रेडिट कार्ड र यसमा के अन्तर हुन्छ ?
सिटिजन्स बैङ्कले २०८१ वैशाख ७ गतेबाट संचालनमा ल्याएको भर्चुअल क्रेडिट कार्ड फिजिकल क्रेडिट कार्डको अनलाइन संस्करण हो । जसमा फिजिकल कार्ड हुँदैन भने बैंकका सेवा ग्राहीले प्रयोग गर्ने बैंकको मोबाइल एप्लिकेशमा नै समावेश हुने अनलाइन संस्करणको कार्ड नै भर्चुअल क्रेडिट कार्ड हो । नेपालमा कोभिड पछाडि डिजिटल बैङ्किङको कन्सेप्ट एकदमै बढेको अवस्था छ । अहिले ग्राहकहरूले न्यून रूपमा चेक, तथा एटिएम कार्ड प्रयोग गर्नुहुन्छ । अधिकांशले मोबाइल वा डिजिटल वालेट प्रयोग गर्नु हुन्छ । भर्चुअल कार्ड भनेको क्रेडिट कार्ड नै हो जुन मोबाइल एप्लिकेशनबाट चलाउन मिल्छ । अथवा क्यु आर गरेर भुक्तानी गर्न मिल्छ । यो सेवा सिटिजन्स बैंकले नेपालमा पहिलो पटक फोन पे को सहकार्यमा नेपालमा सुरु गरिएको हो ।
भर्चुअल क्रेडिट कार्डले कसरी काम गर्छ ?
भर्चुअल क्रेडिट कार्डमा ग्राहकहरूले फिजिकल जस्तै बैंकबाट सापटी लिई सामान वा सेवा खरिद गर्न सक्छन्, भने भुक्तानीका लागि मोबाइल एप्लिकेशन मार्फत क्यु आर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । जसमा मोबाइल बैंकिङमा नै हुने यो कार्डले ग्राहकहरूले फोन पे को क्युआर स्क्यान गरिसकेपछि खाताबाट तिर्ने कि क्रेडिट कार्ड मार्फत तिर्ने भन्ने अप्सन देखाउँछ । ग्राहकहरूले क्रेडिट कार्ड छानेर सजिलै भुक्तानी गर्न सक्छन् । यसमा बैंकले तोकेको दायरामा अनलाइन माध्यममार्फत २५ हजार देखी २ लाख ५० हजारसम्म ग्राहकले प्रयोग गर्न पाउँछन् ।
भर्चुअल क्रेडिट कार्ड कसरी लिन सकिन्छ ?
भर्चुअल क्रेडिट कार्ड लिन पहिलो त सिटिजन्स बैंकमा नै ग्राहकको बैंक खाता हुनप¥यो र आवेदन दिनुप¥यो । आवेदन सँगै बैंकमा आयको श्रोत पुष्टि हुने कागजपत्र समावेश गरेर आवेदन दिन सकिन्छ । निजी क्षेत्रका वा साना व्यवसाय भएकाहरूका लागि मासिक आम्दानी वा बहाल इनकम हेरेर बैंकले सर्टेन रकमको लिमिट दिन्छ । यो बैंकका जनसुकै शाखामा गएर ग्राहकहरूले आवेदन दिन सक्छन् । यो भर्चुअल तथा फिजिकल दुबैका लागि समान हुन्छ । ग्राहकको आवेदन बैंकलाई प्राप्त भएको २ कार्य दिनमा नै बैंकले ग्राहकले तोकेको आम्दानीको १.५ प्रतिशतका आधारमा खर्च गर्न सकिने लिमिट तोक्छ र भर्चुअल भए सिधै मोबाइल एप्लिकेशमा देखाउँछ । भने फिजिकल भए प्रिन्टका लागि जान्छ । ग्राहकले एक महिना सम्म गरेको टान्जेक्सनको स्टेटमेन्ट बैंकले पठाउँछ र अनि त्यसको १५ दिन भित्र तिर्नुपर्छ । ४५ दिनसम्म विना व्याजको पैसा चलाउन पाउने हो । त्यो चलाइसकेपछि बैङ्कलाई रिपेमेन्ट गर्नुपर्छ अब १० प्रतिशत गर्ने कि १०० प्रतिशत गर्ने त्यो बैङ्कले अप्सन दिन्छ । ग्राहकले आफ्नो इच्छा लागेको सामान किनेपछि १० प्रतिशतमा पनि रिपेमेन्ट गर्न सक्नुहुन्छ ।
भर्चुअल क्रेडिट कार्ड र मोबाइल बैङ्किङ एउटै भएन र ?
दूबै सेवा मोबाइल बैंकिङ एपिलेकेशन बाटै चलाउन मिल्ने हो । तर मोबाइल बैंकिङले प्रथम त आफ्नो खातामा भएको रकम मात्र चलाउने हो । सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा लिनुभएका ग्राहकहरूको मोबाइल एप्लिकेशनमा नै क्रेडिट कार्डको अप्सन हुन्छ । जसका माध्यमबाट तत्काल खर्च गर्न सकिने मौज्दात तथा स्टेटमेन्ट हेर्न सकिन्छ । भने सेवा नलिएका ग्राहकको मोबाइलमा यो देखाउँदैन । कसै कसैकोमा भने कारोबारका आधारमा आवेदन दिन मिल्ने अप्सन हुन्छ ।
भर्चुअल क्रेडिट कार्ड र मोबाइल बैङ्किङ मार्फत भएपछि यसमा सुरक्षाका चुनौतीको के प्रबन्ध छ ?
बैङ्किङ क्षेत्र पछिल्लो समय डिजिटल बैङ्कको धारणा आइसकेपछि अलि संवेदनशील पनि छ । बैङ्क साइबर सेक्युरिटी र डिजिटल कार्डको प्रयोग गर्ने कुरामा संवेदनशील छ । मोबाइल बैङ्किङ एप्लिकेशन खोल्नुप¥यो त्यसमा आइभि कोड दिएका हुन्छौ, त्यसपछि भर्चुअल क्रेडिट कार्ड कारोबार गर्दा पिन पनि दिइएको छ, त्यो खोल्नुप¥यो मोबाइल बैंकिङ भर्चुअल कार्ड चलाउँदा कारोबार गरिसकेपछि एउटा कनफरमेसन पिन हाल्नुपर्ने हुन्छ । अथवा थम् पिन हाल्नुपर्ने हुन्छ । त्यो भएको हुनाले भोलिको दिनमा मोबाइल हराइहाल्यो भने पनि मिसयुज गर्ने सम्भावना कम रहन्छ ।
भर्चुअल कार्ड रेगुलेसनका फिजिकल कार्ड पनि देखिँदैन, यो जेनरेट चाहिँ कसरी गर्नुहुन्छ ?
भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङबाट चलाउने हो। यसमा फिजिकल कार्ड जस्तै कार्ड नम्बर, भ्यालिडिटी, सिभिभि नम्बर हुन्छ र विनियुज गरेको हुन्छ जुन दिन हामीले फिजिकल भिजा कार्डमा पनि प्रयोग गछौं । भर्चुअलमा फिजिकल प्रिन्टेड भर्जनमा नपाए पनि ठ्याक्कै कार्ड विथ लोगो मोबाइल बैंकिङमा भिजिइबल हुने हो। त्यो भएको कारणले यो सिस्टममा बिन जेनरेटर हुने, नम्बर र जेनरेटर हुने अनि भ्यालिडिटी जेनरेटर हुने त्यो चाहिँ हाम्रो फोन पे को स्विचबाट जेनरेटर हुन्छ । ग्राहकले पाउने भनेको फिजिकल कार्डमा जे जे फङ्सन हुन्छ भर्चुअल कार्डमा त्यही फङ्सन त्यही डिजाइन कस्टमर्सको मोबाइलमा गएर डिस्प्ले हुन्छ।
अब कहिलेकाहीँ गलत पेमेन्ट भयो, त्यसलाई रिफण्ड गर्ने मिल्छ वा मिल्दैन?
अब कतिपय कुरामा बैंक सँगसँगै हाम्रो ग्राहकहरू पनि सचेत हुनुपर्छ आफै पेमेन्ट गर्ने फोन दिने जस्तो कुरामा पक्कै पनि अलिकति भरिफाई गरेर दिनुपर्ने कुरा हुन्छ। अब कहिलेकाहीँ मिस्कटेले भइहाल्यो भने त्यही भएर हामीले अहिले फोन पेसँग सहकार्य गरेको छौँ। यो सहकार्य भइरहेको हुनाले जति पनि फोन पे कै मर्चेन्टमा पे हुने हो, यो कार्ड अब फोन पेको मर्चेन्टमा पे भइसकेपछि ग्राहकले हामीलाई यति गतेको यो यति ट्रान्जेक्सन मिस्टेकली भयो भनिसकेपछि हामीले मर्चेन्टसँग कन्ट्याक गरेर मर्चेन्टले पनि यो मिस्टेकली नै भएको भेरिफाए गरिसके पछि ट्रान्जेक्सन रिभर्स गर्ने ट्रान्जेक्सन एडजस्ट गर्ने फ्यालिसिटी पनि हुन्छ ।
ग्राहकले मोबाइल हराएमा वा कार्ड सेवा बन्द गर्न चाहेमा के विकल्प हुन्छ ?
यस्तो छ पहिलो कुरा त मोबाइल ग्राहकलेले हराइहाल्नुभयो भने बरु फिजिकल कार्डमा आजभोलि ट्यापिङ पे भनेर आएको छ । अब तपाईँले कार्ड भेटिहाल्नुभयो कुनै ठाउँमा गएर सर्टेन अमाउन्ट रिक्वारमेन्ट गर्नुभयो भने त्यसमा पिन रिक्वारमेन्ट हुँदैन । त्यो केसमा ग्राहकले अझ धेरै ध्यान दिनुपर्छ। यो भर्चुअल कार्डको केसमा ट्यापिङ पे पनि हुँदैन। जबसम्म मोबाइल बैंकिङ नखोलीकन दिएको सेक्युरिटी पूरा नगरेसम्म एक्सेस हुँदैन। त्यो रिस्क त छैन, अर्को कुरा मोबाइल हराइहाल्यो भने हामीसँग २४सै घण्टाको एउटा कल सेन्टर पनि उपलब्ध छ। त्यसमा फोन गरेर अथवा बैंकको कुनै पनि शाखामा फोन गरेर त्यसलाई इमिडिएटली बन्द गर्न सक्नुहुन्छ। तर नियमित सेवा लिन नचाहेमा भने पुरानो वा क्रेडिट रिफण्ड गरिसकेपछि मात्रै ग्राहकको अनुरोध बमोजिम सेवा बन्द गर्न मिल्छ ।
भर्चुअल कार्ड चलाउँदै गर्दा मिसयुज हुने सम्भावना कत्तिको छ?
पक्कै पनि मोबाइल बैंकिङ नै चलाउने भन्दाखेरि आजभोलि ग्राहकहरू मोबाइल बैंकिङ युजर फ्रेन्डली नै भइसक्नुभएको छ। जुन पहिला जस्तो फिजिकल क्यास नछोएसम्म कारोबार गरेजस्तो लाग्दैन भन्ने छैन। ग्राहकहरूको सचेतना बढिरहेको छ, मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू डे बाइ डे बढिरहनुभएको छ प्रयोगकर्ताको संख्या बढी रहेको छ। अब ग्राहकहरूले चलाइरहेको मोबाइल बैंकिङ हेर्नुभयो भने एकदम सजिलो खालको युजर फ्रेन्डली पनि छ। त्यसमा क्युआर गर्दा जहिले पनि आफ्नो खाताबाट पे गर्ने कि कार्डबाट पे गर्ने भनेर अप्सन दिन्छौँ । त्यसपछि उहाँहरूले सेलेक्ट गरेर कहिले खाताबाट तिर्ने होला, कहिले कार्डबाट तिर्ने होला अवस्था हेरेर तिर्नुहुन्छ ।
अब मिसयूजको कुरामा बैंकले कार्ड सेवा दिनुभन्दा पहिले ग्राहकसँग एक लेबलको एग्रिमेन्ट नै गरेको हुन्छ । उहाँहरूले हरेक ट्रम्स एन्ड कन्डिसन फी एन्ड चार्जेज, भोलिको दिनमा डिफल्ट गर्दा खेरिको रिकभरी प्रोसेसहरू लगायतका सबै कुरामा सहमति भएर साइन गर्नुभएको हुन्छ। आफूलाई इच्छा लागेको किन्नु होला, घुम्नु होला ती कुराहरूलाई व्यवस्थापन गर्न बैंकले भर्चुअल क्रेडिट कार्ड दिएको हो । त्यही भएर हामीले उहाँहरूलाई ४५ दिनसम्मको रिक्वारमेन्ट टाइम पनि दिएका हुन्छौँ। कोहिको इन्टेन्सन नै त्यस्तै छ रि पेमेन्टका लागि भने त हानी भइहाल्यो । क्रेडिट कार्ड भनेको लोन जस्तै हो। लोन बैंकलाई रिपेमेन्ट नगरेपछि त्यसको इम्प्याक्ट पर्छ नै। यो भन्दै गर्दा हामीले मिसयुज गर्नुहोला, भोलिको दिनमा रिपेमेन्ट नगर्नुहोला भन्दै सुविधाहरू नदिने भन्ने कुरा हुँदैन हामीले उहाँहरूलाई नदिँदाको इम्प्याक्ट र तिर्नुपर्छ भन्ने सचेतना अथवा अवेरनेस पनि दिँदै जाने हो।
यो नेपाल बाहिर गएको अवस्थामा चाहिँ यो प्रयोग गर्न सकिने अथवा नसकिने के हुन्छ ?
यो भर्चुअल क्रेडिट कार्डको रूपमा फोन पे सँगको सहकार्यमा डोमेस्टिक क्रेडिट कार्डको रूपमा लन्च गरेको हो। हामीसँग दुई वटै प्रोडक्टहरु उपलब्ध छन् । भिजा र भर्चुअल कार्डमा ग्राहकहरूले आफ्नो लिमिट चाहिँ सेयर गर्न सक्नुहुन्छ । जस्तो: तपाईँको एक लाखको लिमिट छ भने भिजामा ५० हजार र भर्चुअल क्रेडिट कार्डमा ५० हजार यसरी पनि सेयरिङ गर्न सक्नुहुन्छ। जस्तो जो ग्राहकहरूलाई देशभन्दा बाहिर जस्तो भारत तथा भुटानमा चलाउनु छ भने भिजा कार्ड चलाउनुपर्ने हुन्छ। त्यहाँ क्युआर को एक्सेस दिइसकेको छैन। अब नेपालमा क्रस बोर्डर पेमेन्टको कन्सेप्ट सुरु भएको छ, भोलिको दिनमा चाहिँ राष्ट्र बैंकको पोलिसी फोन पेको एउटा सहकार्यको हिसाबले चाहिँ क्रस ब्रोडर पेमेन्टको कुरा पनि आउला ।
अहिले राष्ट्र बैंकले यथेष्ट नीति नहुँदा कार्डको साइड इफेक्ट पनि देखिन्छ कि ?
राष्ट्र बैंकको यो भर्चुअल कार्ड हामीले डिजिटल लोनिङ भन्ने पोलिसिमा आधारित रहेर संचालन गरेका छौँ । सिटिजन्स बैंकले पनि फोन पे सँग मिलेर फोन लोन लन्च गरेको छ, जसमा लिमिट ५ लाख छ । यो ग्राहकले मोबाइलबाटै अप्लाइ गरेर बिना कागज लिन सक्नुहुन्छ । सिटिजन्स बैंकले पनि यसैलाई आधार मानेर डिजिटल क्रेडिट कार्डको अवधारण ल्याएको हो । यद्धपी बैंकको पनि आफ्ना पोलिसी छन् । हामीले भर्चुअल क्रेडिट कार्डको लोन साढे दुई लाख सम्म दिएका छौँ । यो मोबाइल बैंकिङबाट प्रोभाइड गर्न मिल्ने भयो ।
भर्चुअल क्रेडिट कार्ड पहिलो पटक लन्च गर्दाका प्रतिक्रियाहरू के कस्ता छन् ?
भर्चुअल कार्ड हामीले अघिल्लो वर्ष लन्च गरियो यो नेपालका लागि युनिक प्रडक्ट भयो। जसले गर्दा हामीले २०२४ मा ‘बैंक अफ दि अवार्ड २०२४ ‘ पनि जितेका थियौँ । बैंक अफ द अवार्ड जित्दा धेरै इन्डिकेटरहरुले सपोर्ट गर्छ। त्यसमा एउटा इन्डिकेटर भनेको इनोभेटिभ प्रडक्ट पनि थियो । विगत लामो समयदेखि हामी एउटा मात्र बैंक छौँ जुन यो सर्भिस ग्राहकलाई दिइरहेका छौँ । हामीलाई एकदम खुसी लाग्छ, क्रेडिट कार्ड भन्ने बित्तिकै पहिला अलिकति एजुकेटेड सहरी क्षेत्रमा बस्ने मान्छेले मात्रै चलाउने भन्ने मानसिकता थियो अहिले देश देशका दूर दराजका नागरिकहरूले सेवा लिइरहनु भएको छ । हामीले नयाँ प्रडक्ट लन्च गरे सँगसँगै प्रडक्टको बारेमा पनि सचेतना दिइरहेका छौँ, क्रेडिट कार्डको बारेमा जान्न पाउनुभएको छ। कसरी चलाउने के हो? कसरी लिने? जान्न पाउनु पनि वित्तीय साक्षरता पनि हो । ग्राहकहरूबाट पनि राम्रो फिडब्याक आएको छ। पाँच वर्षको अन्तरालमा हाम्रो भिजा कार्ड जतिले लिनुभएको छ पाँच महिनाको अन्तरालमा भर्चुअल क्रेडिट कार्ड त्यति ग्राहकले लिनुभएको छ। जति ग्राहकले लिनुभएको छ त्यसमध्ये पनि ९५ प्रतिशत एक्टिभ हुनुहुन्छ । त्यही भएको हुनाले अब जो जो ग्राहकहरू इच्छुक हुनुहुन्छ यो कार्ड लिनको लागि एकचोटी सिटिजन्स बैंकमा गएर यो कार्डको बेनिफिट लिनुहुन अनुरोध गर्दछु ।
अर्थ चाैतारी ।