logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • तुलसी सहकारी ठगीमा केदारनाथ शर्मा दोषी ठहर, ६ वर्ष कैद सजायको फैसला

    तुलसी सहकारी ठगीमा केदारनाथ शर्मा दोषी ठहर, ६ वर्ष कैद सजायको फैसला

    533
    SHARES
    तुलसी सहकारी ठगीमा केदारनाथ शर्मा दोषी ठहर, ६ वर्ष कैद सजायको फैसला

    काठमाण्डौ । सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत मोरङले शर्मालाई सहकारी संस्थाको बचत रकम अपचलनमा दोषी ठहर गर्दै ६ वर्ष कैद सजायको फैसला गरेको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सिता शर्मा अधिकारीको इजलासले गत आइतबार सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको थियो ।



     

    सोही इजलासले बिहीबार सजाय तोक्नका लागि पेशी तोकिएकोमा न्यायाधीश अधिकारीको इजलासले शर्मालाई ६ वर्ष कैद र ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र त्यति नै जरिवानाको सजाय हुने फैसला गरेको हो । त्यस्तै अपराध पीडित संरक्षण कोषमा २ करोड ७० लाख ३६ हजार हजार ८५० रुपैयाँ ७२ पैसा जम्मा गर्नुपर्ने छ । यस्तै अन्य प्रतिवादीमध्ये सविना न्यौपाने बिगो र मन्दिप खवासको बाँकी बिगो केदारनाथ शर्माबाट नै असुल उपर गर्ने आदेश जिल्ला अदालतले दिएको छ ।

     

    सोही सहकारीको रकम अपचलनमा दोषी ठहर भएकी सविना न्यौपानेलाई २ वर्ष २ महिना कैद र ६ सय रुपैयाँ जरिवानाको फैसला गरेको हो । त्यस्तै मन्दिप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र २७ लाख रुपैयाँ नै जरिवानाको फैसला गरेको हो । यस्तै फौजदारी कसुर पीडित राहत कोषमा १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहि झापा, मोरङ, सिराहा, उदयपुर लगायत जिल्लामा शाखा विस्तार गरी सर्वसाधारणबाट संकलन गरेको बचत दुरुपयोग गरेको आरोप शर्मामाथि लागेको थियो ।

     

    जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरी दिएको राय सहितको प्रतिवेदनको आधारमा जिल्ला सहकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मा र सचिव सविना न्यौपाने सहित ८ जनाविरुद्ध मुद्दा जिल्ला अदालत मोरङमा दर्ता गरेको थियो । विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणबाट संकलन गरेको करिब डेढ अर्ब अपचलन गरेका थिए । जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।

     

    सहकारीका सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्माको भने मुल्तबीमा राखिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनीहरु फरार रहेकोले अहिलेलाई मुल्तबीमा राखिको हो ।केन्द्रीय का र्यालय विराटनगर र दमक, गाईघाट, गोलबजार शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ चैत १२ गते मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २२ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट