काठमाण्डाै । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम ४ हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ। चार वटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पहिलो भण्डारण कुवामा प्रारम्भिक १ अर्ब १२ करोड घन मिनट मिथेन ग्याँस भएको भेटिएको छ, अन्य ३ वटा ग्याँस भण्डारणका कुवाहरू पनि दैलेखमै रहेका र जम्मा ४ वटा कुवामा करिब ४ सय ३० अर्ब घन मिनट मथिने ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले २०७२ साल भन्दा अघि पनि नेपालमा पेट्रोलियम पदार्थ छ भनेर नेपालको तराईका विभिन्न जिल्लाहरूमा खोजी गरिएको थियो । तत्कालीन समयमा ३ हजार मिटरसम्म खोजी गरिएको थियो 1 तत्कालीन समयमा गरिएको अध्ययनले कुनै पनि सम्भावना छैन भनेर प्रतिवेदन लेखेको थियो तर दैलेखको भू-भागमा भने खोजी गरिएको थिएन ।
तराईका जिल्लाहरूमा सामान्य ड्रिलिङ गरिए पनि सम्भावना नरहेको भन्दै जिम्मा लिएका कम्पनीहरूले भूकम्प लगायतको समस्याले काम गर्न नसकिने भन्दै कामलाई प्रभावकारी बनाउन सकेका थिएनन् । नेपालमा संविधान जारी भएसँगै भारतले अघोषित नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग दैलेखकै भू-भागमा खोजी गर्नका लागि जिटुजी सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार धमाधम काम सुरु भएसँगै अहिले दैलेखका ४ वटा भू-भागमा मिथेन ग्याँसको भण्डारण भएको पुष्टि भएको छ ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बर मा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बरभित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्न पछि यसको वास्तविक तथ्य बाहिर आउने छ ।
उत्खनन चाँडै सुरु गछाैंः उद्योग मन्त्री भण्डारी
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले जतिसक्दो चाँडो थप कार्य प्रारम्भ गर्नका लागि प्रधानमन्त्रीज्यूसँग छलफल गरेर अगाडी बढाउने तयारी गरिएको बताए। प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठुलो टेवा पु¥याउने आशा गरिएको मन्त्री भण्डारीले बताए । भण्डारीले भने ‘ड्रिलिङका बेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो, अहिले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई प्राप्त भइसकेको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मा चीन सरकारसँग जिटुजी सम्झौता गरी गौरवको आयोजनाको रूपमा लिनुभएको यो आयोजनालाई सरकारको प्राथमिकतामा राखेर काम नेपाललाई ५० वर्षसम्म पुग्ने अनुमान गरे अनुसार चिनिया कम्पनीले पनि द्रुत गतिमा काम अगाडी बढाएको मन्त्री भण्डारीको भनाई छ । प्रारम्भिक प्रतिवेदनले आम नेपालीहरूको भविष्य सुन्दर हुनसक्ने आशा गरिएको उनको भनाई छ ।
यो सँगै पनि परीक्षण गर्ने कार्यलाई अब दाङ, पाल्पा र सुनसरीमा मन्त्रालयले विशेष रूपमा राखेको मन्त्री भण्डारीले बताए । सरकारले डिसेम्बर भित्र उत्पादन सुरु गर्ने गरी तयारी थालेको छ । करिब ६५ करोड लागतमा उत्पादन परीक्षण सम्पन्न हुने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सोही अनुसार काम अगाडी बढाउने सरकारको तयारी रहेको भण्डारीले बताए ।
परीक्षण उत्पादन सुरु गरेर ग्याँसको व्यावसायिक उत्पादन सुरु हुन्छः परियोजना प्रमुख नापित
खानी तथा भूगर्भ विभागका उप महानिर्देशक एवं पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितका अनुसार नेपाल सरकार र चीन सरकारबिच २०१९ मा जिटुजी भएसँगै काम अगाडी बढेको थियो। ‘धेरै खाले अध्ययनका प्रारम्भिक नजिता आएको छ, कार्यक्रम सम्पन्न गरेर अहिले नेपाल सरकारले दैलेखको जलजले मा ४५ रोपनी जग्गा अतिक्रमण गरेर काम थालेको थियो,’ उनले भने नेपालको लागि अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययनको रूपमा लिइएको यो परियोजनाले केही आशा जगाएको उनको भनाई छ । प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्याँस देखिएको र यसको परीक्षण उत्पादन सुरु गरेर ग्याँसको प्रकृति, व्यावसायिक उत्पादनका कामहरू सुरु हुनेछन् ।
अर्थ चाैतारी ।