logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • जटिल रोग लागेका बीमितलाई थप १ लाखको उपचार सुविधाको व्यवस्था कार्यान्वयन गर्दै बीमा बोर्ड

    जटिल रोग लागेका बीमितलाई थप १ लाखको उपचार सुविधाको व्यवस्था कार्यान्वयन गर्दै बीमा बोर्ड

    754
    SHARES
    जटिल रोग लागेका बीमितलाई थप १ लाखको उपचार सुविधाको व्यवस्था कार्यान्वयन गर्दै बीमा बोर्ड

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले जटिल रोगको उपचारमा बीमितलाई थप १ लाख रुपैयाँको सुविधा दिने व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा बीमा बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ मा रहेको जटिल रोगको उपचारमा बीमितलाई थप १ लाख रुपैयाँको सुविधा दिने व्यवस्था ढिलै भए पनि कार्यान्वयनमा ल्याउन लागेको हो।



     

    ‘मन्त्रीस्तरबाट निर्णय भएर कार्यान्वयन गर्न निर्देशन आएको छ’, बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले भने, ‘अब आगामी बोर्ड बैठकबाट यस विषयमा निर्णय हुनेछ।’ नियमावलीमा जटिल रोग लागेका बीमितलाई थप एक लाख रुपैयाँको सुविधा दिने व्यवस्था छ। तर, स्रोत व्यवस्था हुन नसक्दा बीमा बोर्डले यो व्यवस्था हालसम्म कार्यान्वयनमा ल्याउन सकेको थिएन।

     

    आगामी आर्थिक वर्षबाट भने यो व्यवस्था कार्यान्वयनमा आउन सक्ने देखिएको छ। यो व्यवस्था कार्यान्वयनमा आएपछि क्यान्सर, मुटुरोग, हेड र स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सोनिज्म, सिकलसेलबाट पीडित बीमितलाई राहात हुनेछ। उनीहरुले २ लाख रुपैयाँसम्म उपचार सुविधा पाउनेछन्। हाल स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबैखाले बीमितलाई १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन्।


    अर्थ चाैतारी
  • सोमबार, ९ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट