logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना

    उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना

    845
    SHARES
    उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना

    काठमाण्डौ । उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई जरिबाना तिराएको छ । उपभोक्ता अदालतले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।



    सेवाग्राही वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् ।

     

    वर्षाले दायर गरेको मुद्दाअनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए । तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन् ।

    अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

    अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डीसिटी हस्पिटलले बेहोर्नुपर्ने छ ।

    क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ । मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट