logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिनेछ : प्रधानमन्त्री

    स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिनेछ : प्रधानमन्त्री

    481
    SHARES
    स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिनेछ : प्रधानमन्त्री

    काठमाण्डौ । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार विचार गरिने बताएका छन्।



     

    त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा सोमबार आयोजित समारोहमा उनले स्वास्थ्य बिमाका नाममा दुरुपयोग हुने गरेको पाइएको भन्दै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने उल्लेख गरे।

     

    उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे।

     

    ‘मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन्,’ ओलीले भने, ‘अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ। त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो।’

     

    उनले थपे, ‘नर्सहरुको हातमा जादु हुन्छ। बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन्। ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने र स्याहार सुसार गर्ने काम नर्सहरुको हो।’


    अर्थ चाैतारी
  • सोमबार, ३० असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट