logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने

    स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने

    416
    SHARES
    स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने

    काठमाण्डौ । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुणासम्म बीमा शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार बीमा म्याद समाप्त भएपछि तोकिएको समयमा नवीकरण नगर्नेले थप आर्थिक भार बेहोर्नुपर्नेछ।



    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा नियमित प्रिमियम शुल्कसँगै थप ३५० रुपैयाँ तिर्नुपर्नेछ। हाल पाँचजना सदस्य रहेको परिवारका लागि सरकारले वार्षिक ३ हजार ५०० रुपैयाँ प्रिमियम तोकेको छ, जसबाट एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सकिन्छ।

    यदि सेवाग्राहीले बीमा म्याद सकिएको ६ महिनाभित्र नवीकरण गरेमा ४ हजार ५५० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, म्याद सकिएको ६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा ५ हजार २५०, एक वर्षपछि ७ हजार, दुई वर्षपछि १० हजार ५००, तीन वर्षसम्म १४ हजार र तीन वर्षभन्दा बढी ढिलाइ गरेमा १७ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ।

    स्वास्थ्य बीमा नवीकरणसम्बन्धी यो कार्यविधि स्वास्थ्य बीमा बोर्डको २४ असारमा बसेको बैठकबाट स्वीकृत भइसकेको छ।

    बोर्डका अनुसार बीमामा नयाँ नागरिक समावेश गराउनभन्दा पनि उनीहरूलाई निरन्तरता दिन र हरेक वर्ष नवीकरण गराउन चुनौतीपूर्ण रहेको छ। त्यसैले नवीकरण नगर्ने सेवाग्राहीलाई जिम्मेवार बनाउन यो कदम चालेको जनाइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट