logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अब संस्थापक र साधारण सेयरको छुट्टाछुट्टै पहिचान नम्बर

    अब संस्थापक र साधारण सेयरको छुट्टाछुट्टै पहिचान नम्बर

    1.5K
    SHARES
    अब संस्थापक र साधारण सेयरको छुट्टाछुट्टै पहिचान नम्बर

    काठमाण्डौ । नेपालको पुँजी बजारमा अब संस्थापक (प्रमोटर) र साधारण सेयर छुट्टाछुट्टै पहिचान नम्बर (आइजीन) बाट चिनिनेछन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले ल्याएको नयाँ निर्देशिका लागू भएपछि यस्तो व्यवस्था अनिवार्य हुनेछ।



    सीडीएससीको बोर्ड बैठकले निर्देशिका पारित गरी धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइसकेको छ। सीईओ प्रविन पन्दाका अनुसार यो कदमले बजारको अपारदर्शी अभ्यास अन्त्य गर्दै कानुनी शासन बलियो बनाउनेछ।

    नयाँ प्रणालीअनुसार कम्पनीहरूले प्रमोटर सेयर साधारणमा रूपान्तरण गर्न साधारणसभा र सार्वजनिक सूचना आवश्यक पर्नेछ। यसले लक–इन अवधि सकिएपछि गोप्य रूपमा सेयर मिलाउने चलन बन्द गर्ने विश्वास लिइएको छ।

    तर, ऊर्जा उत्पादकहरूको संस्था इप्पानले भने यो प्रस्तावको आलोचना गरेको छ। संस्थापक सेयर डिजिटाइजेसनले वैदेशिक लगानी र निजी क्षेत्रलाई अन्योलमा पार्ने भन्दै कार्यान्वयन नगर्न माग गरेको छ।

    अब बोर्डको स्वीकृति पछि यो कार्यविधि पूर्ण रूपमा लागू हुनेछ, जसले नेपालको सेयर बजारमा नयाँ पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।

    आइतबार सीडीएससी बोर्डको बोर्डले पारित गरेको निर्देशिका  स्वीकृतिका लागि धितोपत्र बोर्ड (सेबोन)मा पठाइएको छ । 


    अर्थ चाैतारी
  • बुधबार, १४ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट