काठमाण्डौ । सेयर बजार चार वर्षअघिकै उच्च विन्दुमा पुगेको भन्ने हल्लापछि शेयर बजारमा लगानीकर्ता आत्तिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) बुधबार ४७.९३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २९५४.५१ अङ्कमा झरेको छ । आज बजारमा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार बजार परिसूचक ३००२.०७ अङ्कमा बन्द भएको थियो । बुधबार खुलेको बजार सुरु देखिनै घट्दो क्रममा रहेको थियो ।
अन्तमा बजार आधा शतकभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा २३ कम्पनीको मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य घटेको छ ।
बजारमा म्युचुअल फण्ड र अन्य समूह बढ्नु बाहेक अरू सबै समूहमा उच्च गिरावट आएको छ । उच्च गिरावटका बाबजुद आज बजारमा कुनै पनि कम्पनीमा नकारात्मक सर्किट ब्रेकर भने लागेन । सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडले भने आज पनि सकारात्मक सर्किट लिएको छ ।
आज बजारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट लगायतको कारोबार उच्च रह्यो ।
अर्थ चाैतारी ।