logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एनएमबी म्युचुअल फन्ड र गरिमा म्युचुअल फन्डको लाभांश घोषणा

    एनएमबी म्युचुअल फन्ड र गरिमा म्युचुअल फन्डको लाभांश घोषणा

    637
    SHARES
    एनएमबी म्युचुअल फन्ड र गरिमा म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाण्डौ । दुईवटा म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।



    एनएमबी म्युचुअल फन्ड र गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

    योजना व्यवस्थापक गरिमा क्यापिटलले बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’का इकाइधनीहरुलाई ५।१० प्रतिशत ९करसहित० वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार क्यापिटलले ६ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

    लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले यही साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २७ गतेभन्दा अघिसम्म कायम इकाइधनी यो लाभांश पाउन योग्य हुनेछन्।

    उता योजना व्यवस्थापक एनएमबी क्यापिटलले ‘एनएमबी सरल बचत फन्ड–ई’का इकाइधनीहरुलाई आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम इकाइपुँजी ३ अर्ब ३५ करोड ९१ लाख ३२ हजार ८८।४० रुपैयाँको ४।२७ प्रतिशत ९करसहित०ले हुन आउने १४ करोड ३४ लाख ३४ हजार ९४०।१७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो लाभांश वितरण गर्न साउन १५ गते बुक क्लोज गरिएको छ। यसको अर्थ साउन १४ गतेसम्म कायम इकाइधनीले यो लाभांश पाउनेछन्।

    यस योजनामा इकाइधनीले आफूले प्राप्त गर्ने लाभांशबापतको रकम पुनः लगानी गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाइधनीलाई नगद लाभांशबराबरको इकाइ ९लाभांश समायोजित खुद सम्पत्ति मूल्यका आधारमा० सोझै हितग्राही खातामा पठाइने क्यापिटलले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट