logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अब शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

    अब शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

    1K
    SHARES
    अब शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाण्डौ । अब शेयर कारोबारमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण शेयर कारोबार सदस्यहरुका नाममा सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाईसी) विवरणमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा प्रविष्टीको व्यवस्था गर्न आग्रह गरेको हो।



     

    राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान र सम्पुष्टि गर्ने व्यवस्थाको कार्यान्वयन तथा केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुका साथै सोको विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको नेप्सेले जनाएको छ।

    आफ्नै छुट्टै टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्यहरुले पनि यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी गर्न नेप्सेले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट