logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • स्वरोजगार लघुवित्तको नाफा दोब्बर, आम्दानी र सञ्चालन नाफामा पनि उल्लेखनीय वृद्धि

    स्वरोजगार लघुवित्तको नाफा दोब्बर, आम्दानी र सञ्चालन नाफामा पनि उल्लेखनीय वृद्धि

    1.5K
    SHARES
    स्वरोजगार लघुवित्तको नाफा दोब्बर, आम्दानी र सञ्चालन नाफामा पनि उल्लेखनीय वृद्धि

    काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा दोब्बरभन्दा बढी नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षको ११ करोड १४ लाख रुपैयाँ खुद नाफा ११५.१७ प्रतिशतले बढाउँदै २३ करोड ९७ लाख रुपैयाँ पुर्‍याएको हो।



     

    वित्तीय विवरणअनुसार कम्पनीको खराब कर्जा (एनपीएल) ५.५६ प्रतिशतबाट बढेर ७.५४ प्रतिशत पुगेको छ। खराब कर्जा बढे पनि नाफा उच्च दरमा वृद्धि भएको छ।

     

    खुद ब्याज आम्दानी ४७.२४ प्रतिशतले बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४२.७० प्रतिशतले बढ्दै ७२ करोड ५० लाख रुपैयाँ भएको छ। सञ्चालन नाफा अघिल्लो वर्षको १३ करोड ४ लाख रुपैयाँबाट १४९.३० प्रतिशतले वृद्धि भई ३२ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

     

    कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६.६० रुपैयाँबाट बढेर ३०.५८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६०.२० रुपैयाँ कायम भएको छ।

     

     

    चुक्ता पूँजी ७८ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ९ करोड ९१ लाख रुपैयाँबाट बढेर १७ करोड १७ लाख रुपैयाँ पुगेको छ। रिजर्भ कोष पनि २४ करोड ५३ लाख रुपैयाँबाट बढेर ३० करोड रुपैयाँ नाघेको छ।

     

    गत वर्ष कम्पनीले ४ अर्ब १९ करोड रुपैयाँ सापटी लिई ९ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र यसबाट करिब साढे ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट