logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आइएमई लाइफ अन्तर्गत सनसाइन ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड २०२५ भव्य रुपमा सम्पन्न

    आइएमई लाइफ अन्तर्गत सनसाइन ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड २०२५ भव्य रुपमा सम्पन्न

    1.1K
    SHARES
    आइएमई लाइफ अन्तर्गत सनसाइन ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड २०२५ भव्य रुपमा सम्पन्न

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत सनसाइन ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर लाई सम्मान गर्ने विशेष कार्यक्रम ईटहरी स्थित गंगा जमुना होटलमा भव्य रूपमा सम्पन्न गरेको छ ।



     

    कार्यक्रमका प्रमुख अतिथि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ पवन कुमार खड्का रहेका थिए । उनले कम्पनीको भविष्य रणनीति र हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै सहभागीहरूलाई आगामी दिनको मार्गदर्शन प्रदान गरेका छन् ।

     

    विशिष्ट अतिथिका रूपमा तालिम विभाग सुनिल कुमार आचार्य , कोशी प्रदेश प्रमुख मिलन दाहाल सहायक प्रदेश प्रमुख ओम प्रकाश राई चिफ एजेन्सी मेनेजर नव उपाध्यायले सहभागीलाई प्रेरणादायी सन्देश प्रदान गर्दै ‘एजेन्सी र बीमाको सम्बन्ध’, ‘आजको जीवन बीमाको महत्व’ तथा ‘बीमा अभिकर्ताको उज्यालो भविष्य’ बारे गहन रूपमा प्रकाश पारेका छन् ।

     

    कार्यक्रममा आइएमई लाइफका चिफ एजेन्सी मेनेजर तथा सनसाइन लिडर्सका ग्रुपका अध्यक्ष देवेन्द्र कोईरालाको अध्यक्षता रहेको थियो । कार्यक्रम सञ्चालन तरहरा शाखा प्रमुख विजय खनालले गरेका थिए भने स्वागत मन्तव्य एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर नवराज पौडेलले गरेका थिए ।

     

    आइएमई लाइफको एमडीआरटी , चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरू, शाखा प्रमुखहरू तथा शीर्ष टिमको उपस्थिति रहेको उक्त कार्यक्रममा १०० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। एकदिनको कार्यक्रमबाट सिकेका कुराहरूको बारेमा सहभागीहरूबाट पनि समीक्षा गरिएको थियो ।

     

     

    कार्यक्रमले सहभागीहरूमा उत्साह, प्रेरणा र भविष्यप्रतिको विश्वास थप बलियो बनाएको हौसला प्रदान गर्नुहुदै बिमाको महत्त्व बुझाउनु पर्ने कुरामा जोड दिंदै अध्यक्ष देवेन्द्र कोईरालाले कार्यक्रम समापन गरेका थिए ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट