logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने, कुल निर्यात क्षमता १०५० मेगावाट नाघ्यो

    भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने, कुल निर्यात क्षमता १०५० मेगावाट नाघ्यो

    754
    SHARES
    भारतले नेपालबाट थप २०० मेगावाट बिजुली किन्ने, कुल निर्यात क्षमता १०५० मेगावाट नाघ्यो

    काठमाण्डौ । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिद गर्न सहमति जनाएको छ। यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाटसहित अब भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ। बंगलादेशलाई निर्यात हुने ४० मेगावाटसहित नेपालको कुल विद्युत निर्यात स्वीकृति १०५०.९ मेगावाट भएको छ।



     

     

    साउन २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति आगामी ११ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्मका लागि हो। यस अन्तर्गत लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला–ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत पर्दछ।

     

     

    आर्थिक वर्ष ८१/८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो। भारतबाट थप निर्यात अनुमति तथा आगामी दिनमा थप स्वीकृति प्राप्त हुने सम्भावनासहित यो वर्षको निर्यात अघिल्लो वर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट