logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

    नक्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

    988
    SHARES
    नक्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी बुझ्ने आदेश

    काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार बाँकी रहेका साक्षीलाई झिकाउने आदेश गरेको हो।



     

    उक्त इजलासले ‘साक्षी उपस्थित गराउनू, बाँकी रहेका साक्षीलाई बुझ्नू’ भन्ने आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए। ‘फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम बाँकी रहेका साक्षीहरूको नाममा म्याद जारी गरी भदौ ११ गते बकपत्र गराउनू भन्ने आदेश भएको छ’ उनले भने।

     

    यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।

     

    यो मुद्दामा रायमाझी, पाण्डेसहित केही व्यक्ति थुनामा छन्। खाणसहितका केही भने बाहिरै बसेर मुद्दा लडिरहेका छन्। उनीहरूविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोग लगाइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट