logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सेयर बजार २.६२ अंकले बढ्यो, अधिकांश कम्पनीको मूल्य घट्याे

    सेयर बजार २.६२ अंकले बढ्यो, अधिकांश कम्पनीको मूल्य घट्याे

    728
    SHARES
    सेयर बजार २.६२ अंकले बढ्यो, अधिकांश कम्पनीको मूल्य घट्याे

    काठमाण्डाै । अधिकांश कम्पनीको मूल्य घट्दा पनि सेयर बजारमा सुधार देखिएको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक २.६२ अंकले बढेर २७८८.३६ अंकमा पुगेको हो । आज बजारमा कारोबार भएका १०८ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ ।



     

    आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनभन्दा सामान्य बढी हो । आज बजारमा नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआईसी एसियाको फ्लेक्जी क्याप फण्डको मूल्य सबैभन्दा धेरै ८.३१ प्रतिशतले घटेको छ ।

     

    आज बजारमा अधिकांश सूचक बढेका छन् । यद्यपि सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ परिसूचक घटेको छ । ट्रेडिङ र अन्य समूहका सूचक बढेका छन् । बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी एक्लैको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनआरएन इन्फास्ट्रक्चरको ४१ करोड र बलेफी हाइड्रोको ३६ करोडको कारोबार भएको छ ।

     

    कारोबार संख्या र कारोबार भएको शेयर संख्याका आधारमा बलेफी हाइड्रोपावर अगाडि रहेको देखिन्छ ।


    अर्थ चाैतारी
  • विहिबार, २९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट