logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

    उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

    689
    SHARES
    उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।



     

    सम्झौताअनुसार अबदेखि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत उपकार लघुवित्तका सेयरधनीहरूले गर्ने सम्पूर्ण सेयर सम्बन्धी प्रक्रिया एनआईसी एशिया क्यापिटलमार्फत हुनेछन् ।

     

    सेयर रजिष्ट्रार सेवाअन्तर्गत सेयर अभिलेख राख्ने, दाखिला–खारेज गर्ने, सेयरधनी लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्यहरू आगामी भदौ १२ गतेदेखि एनआईसी एशिया क्यापिटल, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाण्डौमार्फत सञ्चालन हुने उपकार लघुवित्तले जनाएको छ ।

     

    यस निर्णयले उपकार लघुवित्तका सेयरधनीहरूलाई अझ सहज, व्यवस्थित र पारदर्शी सेवा उपलब्ध हुने विश्वास लिइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट